2026-08-06 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विपक्षको असहमतिकाबीच आजदेखि संसद् सञ्चालनको तयारीमा सत्तापक्ष

काठमाडौँ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूको विरोध कायमै रहे पनि प्रतिनिधि सभा बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेको छ।

सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारमा प्रमुख तीन दलका प्रमुख सचेतकहरूबीच भएको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहमति भए पनि नभए पनि संसद्‌ अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन्।

श्याम घिमिरेले भने, “विपक्षले सहयोग गरे संसद सहज ढंगले सञ्चालन हुनेछ। तर असहयोग भए पनि संसद् अगाडि बढ्नेछ। लामो समयदेखि संसद्‌ अवरुद्ध हुँदा आम जनतामा नकारात्मक सन्देश जान थालेको छ। संसद् सधैं अनिर्णयको बन्दी बन्नु उचित होइन।”

उनका अनुसार असहयोगका कारण केही कठिनाइ त आउन सक्छ, तर संसद् आजदेखि कार्यसूचीअनुसार अगाडि बढ्ने बताइएको छ।

यता, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय सूचना टाँस गरी बैठक स्थगित गर्ने अभ्यास अब दोहोरिने छैन भन्ने स्पष्ट पारे।

“हामीले अहिलेसम्म विपक्षको आग्रहमा बैठक स्थगित गर्दै आएका थियौं, तर अब बैठक नियमित रूपमा सञ्चालन हुनेछ,” उनले भने, “आजको बैठकमा बजेटमाथिको छलफल सुरु हुनेछ र संघीय निजामती सेवा विधेयक टेबल गरिनेछ। यसमा अपोजिसनले अवरोध गर्न खोज्नुहुन्न भन्ने लाग्छ । लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन।”

सभामुख घिमिरेले पटक-पटक बैठक स्थगित भए पनि समाधानमा नपुगेको भन्दै प्रमुख दलका सचेतकहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यसैबीच, थप रणनीतिक छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको छुट्टै बैठक आह्वान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई