Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।

आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मतसम्बन्धी शुल्क व्यवस्थापन लगायतका विषयमा अनियमितता भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यस प्रकरणमा संलग्न व्यक्तिहरूले करिब ३३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अनुमान छ।

यस प्रकरणमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल, दुई जना सहसचिवसहित करिब ३० जना कर्मचारी तथा टेलिकम सञ्चालक समितिका पदाधिकारीहरूसँग अख्तियारले बयान संकलन गरेको छ।