३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

२६ जेष्ठ २०८२, आईतवार १५:५६

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अंकले घटेर २,६२९.८९ विन्दुमा अडिएको छ।

गत बिहीबार (अघिल्लो साताको अन्तिम कारोबार दिन) नेप्से ५.९९ अंकले घटेर २,६४०.९६ विन्दुमा बन्द भएको थियो। सो दिन ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आइतबार ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँभन्दा बढीमा कारोबार भए। बजारमा दोहोरो अंकको गिरावट देखिए पनि दुई कम्पनी—रिभर फल्स र पियोर इनर्जी—को सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।

यस दिन चिलिमे हाइड्रोपावर र छ्यांदी हाइड्रोपावरको सेयर ८.०१ प्रतिशतले वृद्धि भयो भने हिमालयन पावरको सेयर मूल्य ७.९५ प्रतिशतले उकालो लाग्यो।
विपरीत रूपमा, ओम मेघाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा ठूलो क्षति व्यहोरेका छन्। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
त्यस्तै, युनिभर्सल पावरको ६२ करोड, नगदी ग्रुपको ६१ करोड, बुटवल पावर र सानिमा माइ हाइड्रोपावरको ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा समावेश भएका ८६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६२ कम्पनीको मूल्य घटेको छ।
समग्रमा बजार नकारात्मक देखिए पनि होटेल तथा पर्यटन र हाइड्रोपावर समूहका उपसूचकहरू भने सकारात्मक अवस्थामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली