२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्रीको चासोपछि हटाइयो घरजग्गा कारोबारमा स्टेटमेन्ट अनिवार्यता

२६ जेष्ठ २०८२, आईतवार १६:१८

काठमाडौँ । घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्यरूपमा पेश गर्नुपर्ने व्यवस्था संशोधन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासोपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबार निर्देशन परिमार्जन गर्दै बैंक स्टेटमेन्ट सम्बन्धी व्यवस्था हटाएको हो।

२० जेठमा जारी गरिएको प्रारम्भिक निर्देशनअनुसार १० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्ने तथा कारोबार गर्दा दुबै पक्षको बैंक स्टेटमेन्ट संलग्न गर्नुपर्ने व्यवस्था गरिएको थियो। तर, एक सातामै सार्वजनिक र राजनीतिक प्रतिक्रिया आउन थालेपछि यो नियम लचिलो बनाइएको हो।

संशोधित निर्देशनका मुख्य बुँदाहरू यसप्रकार छन् :

  • अब घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य हुने छैन।
  • केवाईसी (KYC) फाराम अनिवार्य गर्ने व्यवस्था भने यथावत् रहेको छ।
  • पहिले जस्तै, १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्यरूपमा बैंकिङ माध्यमबाट गर्नुपर्नेछ।
  • ५० लाखभन्दा बढीको कारोबार गुड फर पेमेन्ट चेक, बैंक ग्यारेन्टी, ई-पेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारका अन्य विधिबाट गर्न सकिनेछ।
  • यसभन्दा बढी रकमको कारोबारमा गरिने भुक्तानीको प्रमाण खरिदकर्ता वा बिक्रीकर्ताले प्रमाणित गरेर पेश गर्नु पर्नेछ।

विभागले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको चासोका कारण नियम संशोधन गरिएको स्पष्ट पारेको छ। यसअघि सार्वजनिक रूपमा आएको प्रतिकूल प्रतिक्रिया, व्यवसायी र सरोकारवालाहरूको असहजता तथा राजनीतिक तहको चासोका कारण निर्देशनमा लचकता अपनाइएको हो।

नयाँ व्यवस्थाले सम्पत्ति कारोबार प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ, तर सम्पत्ति शुद्धिकरण तथा वित्तीय पारदर्शिता सुनिश्चित गर्न भने केही मापदण्ड कायमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान