2026-10-07 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पतञ्जली प्रकरण : पूर्व प्रधानमन्त्री नेपालविरुद्धको भ्रष्टाचार मुद्दा कसरी अघि बढ्छ?

काठमाडौँ । काभ्रेपलाञ्चोकको साँगा महेन्द्रज्योतिमा अवस्थित पतञ्जली योगपीठसँग सम्बन्धित हदबन्दीभन्दा बढी जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले उनीहरूलाई हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्ने नियतले मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराई सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको आरोप लगाएको छ। आयोगको दाबी अनुसार तत्कालीन प्रधानमन्त्री नेपालले आफ्नो पदीय दायित्वको दुरुपयोग गर्दै सो निर्णयमा भूमिका खेलेका थिए।

यस प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालसहित नेकपा एकीकृत समाजवादीका नेताहरूले भने मुद्दा प्रतिशोधप्रेरित भएको बताएका छन्। उनीहरूका अनुसार प्रधानमन्त्री नेपालमाथि नीतिगत निर्णयका विषयमा अनुसन्धान गरेर कार्यपालिका स्वतन्त्रतामाथि प्रश्न उठाइएको छ।

स्मरणीय छ, सो मुद्दा २०६९ सालमा आयोगले नीतिगत निर्णयको आधार देखाउँदै तामेलीमा राखेको थियो। त्यतिबेला अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की थिए। पछिल्ला वर्षमा पुनः खोलिएको यो मुद्दामा आयोगले हालै पूर्व प्रधानमन्त्री नेपालको बयान लिएको थियो।

अदालती प्रक्रिया
मुद्दा दर्ता भएसँगै विशेष अदालतले अब प्रतिवादीहरूलाई म्याद पठाउने प्रक्रिया थालेको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार प्रतिवादीहरूको संख्या धेरै भएकाले म्याद पठाउने कार्यमा केही समय लागेको छ। उनका अनुसार सम्भवत: सोमबारसम्म म्याद पठाइनेछ।

सामान्यतया विशेष अदालतले बाटोबाहेक १५ दिनको म्याद निर्धारण गरी प्रतिवादीलाई अदालतमा उपस्थित हुन आग्रह गर्छ। काठमाडौँमै रहेका प्रतिवादीहरूका लागि भने १५ दिनकै समयसीमा लागू हुनेछ।

प्रतिवादीहरूले म्याद बुझिसकेपछि अदालतमा उपस्थित हुनुपर्नेछ। त्यसपछि सुनुवाइका लागि पेसी तोकिनेछ र मुद्दा औपचारिकरूपमा अदालती प्रक्रियामा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो