३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपाली राति काठमाण्डौ आइपुगे

२७ जेष्ठ २०८२, सोमबार ०८:१५

काठमाण्डौ । अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाण्डौ आइपुगेका छन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाण्डौ फर्काइदिएको हो ।

अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाण्डौ आइपुगेका अध्यागमन विभागले जनाएको छ ।

दोस्रो कार्यकाल सम्हालेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म एक सय ७७ जना नेपाली निष्कासनमा परेका छन् । डिपोर्टमा परेकाहरुलाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेर घर जान दिने गरेको छ ।

अमेरिकाबाट निष्कासनमा परेकाहरु मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एशिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् । केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानूनी रूपमा बसोबास गर्दै आएका पनि छन् ।

अमेरिकाले भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई उनीहरूकै देश फर्काइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली