2026-10-07 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वाईसीएलले ७४ सदस्यीय पदाधिकारी टिम घोषणा गर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) ले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत ७४ सदस्यीय पदाधिकारी टोली चयन गरेको छ।

सम्मेलनले सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। टोलीमा उपाध्यक्ष पदमा २२ जना चयन भएका छन्।

वाईसीएलका उपाध्यक्षहरूमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नविन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा, र सुशिला कुँवर रहेका छन्।

महासचिवमा गणेश शाही चयन भएका छन् भने सहसचिवमा १९ जना र सचिवमा ३१ जनालाई जिम्मेवारी दिइएको छ। नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत बनाउने उद्देश्यले यसपटक पदाधिकारीको संख्या बढाइएको संगठनले जनाएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि खुमलटारमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्बोधन गर्दै पदाधिकारी संख्या प्रारम्भिक योजनाभन्दा केही बढेको स्वीकार गरे।

उनले पदाधिकारी संख्या मिलाउने क्रममा केही सोचिएकोभन्दा ठूलो टिम बन्यो, तर यसले संगठनलाई अझ गतिशील र प्रभावकारी बनाउन मद्दत गर्नेछ। छलफल र बहसबाटै नयाँ निर्माणको बाटो खुल्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो