२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसञ्चारमन्त्री बास्कोटाद्वारा तस्बिर प्रदर्शनी अवलोकन

२०८२, २७ जेष्ठ सोमबार १४:००

काठमाडौँ | पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

यही जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश छ ।

तस्बिर अवलोकनपछि उहाँले यस्ता प्रदर्शनीमा मुलुकका सबै क्षेत्र र भूभागको जनजीवन र विविधतासहित सिङ्गो नेपाल झल्किएको देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिमाली र उच्च पहाडी भेगको जनजीवन समेटिएको पाइयो । यसमा मध्यपहाडी र तराईलाई पनि समेटिनुपर्छ, आगामी दिनमा त्यो होस् ।”

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले उहाँलाई स्वागत गर्दै नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे एउटै स्थलबाट जानकारी दिन सकियोस् भनी प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । यसअघि राससले एक वर्ष नेपालका संस्कृति र सम्पदा तथा अघिल्लो वर्ष भौतिक पूर्वाधार निर्माण विषयमा केन्द्रित रही तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता