भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका"/>

2026-10-26 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरवारको अधिकार हैन भ्रष्टाचार गाउँमा आयो: शितल


भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका छन । 

सिंहदरवारको अत्याचारले स्थानिय स्तरमा जनतालाई दमन गर्नेगरि गाउँ पुगेकाले जनता सचेत बन्नुपर्ने उनले बताएका हुन । पार्टीको विचारधारात्मक राजनीतिक तथा प्रशिक्षणलाई सम्बोधनका लागि सल्यान आएका नेता शितलले अहिले गाउमा कर बढाएर चुनाव जितेकाहरूले चुनावि खर्च उठाईरहेको आरोप लगाएका छन । 

सिंहदरवारले गाउका गरिव किसानलाई झनै दुःख दिएको भन्दै उनले यतिबेला देशमा दलालिकरणले तिव्रता पाएको बताएका छन । स्थानिय तहको चुनावलाई कथितको संज्ञा दिदै उनले चुनावसंगै दलालिकरण बढेको बताएका हुन । 

अहिलेको सरकार पनि दलाल सरकार भएको भन्दै उनले प्रचण्ड र देउवा नाममा छुट्टाछुट्टै पार्टीका नेता भएपनि काग्रेश र माकेमा विचारमा कुनै फरक नभएको बताएका छन । 

जनता, कार्यकर्ता र देशलाई भन्दा पहिला सत्तावाला नेताहरूले छोराबुहारी, छोरीज्वाइँ, भान्जाभान्जीलाई केन्द्रमा राखेर काम गरिरहेका र तिनलाई जिताउन पार्टीको विचार कार्यदिशा सबै त्यागेको नेता शितलले बताएका छन । 

देशमा नागरिकको सुरक्षा नपाएकाले क्रान्तिप्रति ध्रुविकरण बढेको भन्दै उनले सरकारले दमनको रवैया देखिएकाले क्रान्तिको जन्म भएको बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा विश्वले जनता प्रति पार्टीको विश्वास बढेकोले जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका थिए । 

हिजो क्रान्तिकारी भनिनेहरू अहिले प्रतिक्रियावादी शक्तिमा पुगेको र केहिछिनको सत्ता मोहका लागि लाखौ खर्च गरेर लागेको बताएका छन । कार्यक्रमलाई युवा संगठनका नेता तिलक पुन, विद्यार्थी नेता नरेन्द्र विकले सम्बोधन गरेका थिए । 

जिल्ला सेक्रेटेरी लोकपाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भद्र डि.सी. टाईगरले गरेका थिए । कार्यक्रममा सहभागिलाई गणेशमान सिंहले स्वागत गरेका थिए भने सामना परिवारकी देवी बस्नेतले विभिन्न जनवादी गीत प्रस्तुत गरेकि थिईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने