२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लहानमा बेच्न राखिएका आँप विषादीरहित

२७ जेष्ठ २०८२, सोमबार २२:२६

सिरहा । यहाँस्थित लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ ।

आज बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल पसलमा अनुगमन गर्दा व्यापारीले आँप पकाउनका लागि मानव स्वास्थ्यलाई असर गर्ने हानिकारक विषादीको प्रयोग नगरेको पाइएको हो ।

इलाका प्रशासन कार्यालय लहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, लहान नगरपालिका कृषि विकास शाखा, सुरक्षाकर्मी तथा पत्रकार सम्मिलित टोलीले संयुक्त रुपमा अनुगमन गरेका थिए । अनुगमनमा आँप पकाउन प्रतिबन्धित ‘क्याल्सियम कार्बाइड’ प्रयोग गरेको नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका खाद्य निरीक्षण अधिकारी राजिन बुढाथोकीले बताउनुभयो ।

“बजारमा मानव स्वास्थ्यलाई तत्काल असर गर्ने प्रतिबन्धित ग्याँस प्रयोगमार्फत फलफूल पकाएर गरिने बिक्रीलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको थियो । तर, मानव स्वास्थ्यका लागि हानिकारक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएन”, खाद्य निरीक्षक बुढाथोकीले भन्नुभयो ।

सिरहालाई आँपको राजधानी मानिन्छ । लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले बर्सेनि यहाँ उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्ने गरेको छ । गत वर्ष ५० मेट्रिक टन बढी मालदह आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने कृषि शाखाका संयोजक बद्रीनारायण चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार असारको पहिलो सातादेखि मालदह आँप बजारमा आउन थाल्ने भएकाले सोहीअनुरुप सङ्कलन गरी पठाउन तयारी गरिएको छ । लहानको वडा नम्बर १२, १३, १४, १५, १८, १९, २३ र २४ लाई आँपको पकेट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने