2026-10-08 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिताका विद्यार्थीद्वारा रासस फोटो प्रदर्शनी अवलोकन

काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातक तहमा  पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीले आज राष्ट्रिय समाचार समिति(रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीमार्फत विद्यार्थीलाई कक्षा कोठादेखि समाचार कक्षसम्म जोडनका लागि सहयोग पुग्ने रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक शान्तराम बिडारीले बताउनुभयो । सो क्रममा विद्यार्थीले फोटो प्रदर्शनीसँगै राससको सङ्ग्रहालय, समाचार सङ्कल्न र सम्पादन कक्षको अवलोकन गरेका थिए । पत्रकारिताको सैद्धान्तिक अध्ययनसँगै राससको फोटो प्रदर्शनीले विद्यार्थीलाई व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।
“पत्रकारिताको सिद्धान्त धेरै पढ्छाँै, त्यसको व्यवहारिक ज्ञान र जटिलता बुझनका लागि विद्यार्थीलाई स्थलगत भ्रमण गराएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रा कतिपय विद्यार्थी पत्रकारिताको अभ्यास गरिरहनुभएको छ । विद्यार्थीलाई राससको अवलोकन गराउँदा  समाचार कसरी सङ्कलन, सम्पादन र सम्प्रेषण हुन्छ त्यो प्रक्रिया बुझाउन सहयोग पुगेको छ ।”
राससका महाप्रबन्धक सिद्धराज राईले देशभित्रका सम्भावनालाई प्रदर्शनीमार्फत प्रस्तुत गर्न खोजिएको बताउनुभयो । उहाँले विद्यार्थीलाई प्रदर्शनीबारे जानकारी दिँदै जलवायु परिवर्तनले नेपालमा परेको असरलाई विश्व समुदायसम्म मुद्दाका रूपमा पुर्याउन पहल गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
“देशमा केही भएन भन्ने भाष्यले नयाँ पुस्तामा निराशा छ ।  राससले देशमा भएका सम्भावनालाई प्रदर्शनीमार्फत देखाउन खोजिएको छ”, उहाँले भन्न
विद्यार्थीले प्रदर्शनी प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् । स्नातक तह पहिलो वर्षमा अध्ययनरत विपिन बरालले राससको फोटो प्रदर्शनीलाई रोचक र सन्देशमुलक भएको प्रतिक्रिया दिनुभयो ।  पहिलो पटक समाचार कक्ष अवलोकन गर्नुभएका स्नातक दोस्रो वर्षमा अध्ययनरत कविता पौडेल र सूचना घलानले आफूहरुलाई पत्रकारिता विषयबारे बुझ्न मद्दत पुगेको बताउनुभयो । स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत निशा भण्डारीले तस्बिर प्रदर्शनीको अवलोकन गरेपछि पत्रकारिता गर्न प्रेरणा मिलेको बताउनुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको तस्बिर प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धीसहित ९६ तस्बिर राखिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता