३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक बढे सँगै कारोबार रकम पनि बढ्यो,१० अर्ब १६ करोडको कारोबार

२८ जेष्ठ २०८२, मंगलवार १५:४२

काठमाडौँ । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २५.०७ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज १० अर्ब १६ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.१२ प्रतिशत बढ्यो । बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.२८, हाइड्रोपावर ०.४६, लगानी ०.६८, जीवन बीमा १.०८, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.२६, अन्य १.५१ तथा व्यापार १.०७ प्रतिशत बढे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स छन् । त्यस्तै समृद्धि फाइनान्सको ८.३८, जानाकी फाइनान्सको ६.९१, रिलायन्स फाइनान्सको ६.६७ प्रतिशत बढ्यो ।

रावा इनर्जीको ६.१४, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.१०, नारायणी डेभलपमेन्ट बैंकको ३.६३ तथा उपकार लघुवित्तको २.६४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एचआईडीसीएल प्रमोटर, अरुण काबेली पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली