2026-07-29 12:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरपालिकामा अशुद्ध पानी, सीएन इन्टरप्राइजेजसँगको सम्झौता रद्द

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने पानी आपूर्ति गर्दै आएको सीएन इन्टरप्राइजेजसँगको सेवा सम्झौता रद्द गरेको छ।

कृषि तथा पशुपन्छी विभागद्वारा गरिएको प्राविधिक परीक्षणमा उक्त आपूर्तिकर्ताले वितरण गरेको पानीमा कोलिफर्म जीवाणु फेला परेपछि सम्झौता भङ्ग गरिएको महानगरले जनाएको छ। विभागले सोमबार आपूर्तिकर्तालाई पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृतस्तरको निर्णयअनुसार सम्झौता रद्द गरिएको स्पष्ट पारेको हो।

काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाई दफा ३० बमोजिम दुई लाख रुपैयाँ जरिवाना पनि गरेको छ।

सीएन इन्टरप्राइजेजसँग २ वैशाख २०८१ मा सम्झौता गरिएको थियो। सम्झौता भङ्गसँगै महानगरपालिकाले सार्वजनिक स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु