2026-10-07 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार हजारौँ मानिस न्युयोर्क सहरको सडकमा उत्रिएका छन् । आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) द्वारा शृङ्खलाबद्ध छापापछि देशभरि विरोध प्रदर्शन भड्किएको छ ।

“घृणा छैन, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ”, प्रदर्शनकारीहरू सुरुमा फोली स्क्वायरमा भेला भएका थिए । एउटा अदालत अगाडिको फोली स्क्वायरमा धेरै आप्रवासीलाई शुक्रबार कानून प्रवर्तनद्वारा हिरासतमा राखिएको थियो ।

प्रदर्शनकारीहरूले तल्लो म्यानह्याटनमा मार्च गरे । धेरैजसोले ‘आइसिई, न्युयोर्कबाट बाहिर’ भनिएका साइनबोर्डहरू बोकेका थिए । यो सङ्घीय अध्यागमन प्रहरीको सन्दर्भमा थियो जसको कागजपत्र नभएका अप्रवासीहरूलाई पक्राउ गर्ने छापामारी हालका हप्तहरूमा बढेको छ ।

“जोसँग यस समयमा यहाँ आउन आवाज छैन, विशेष गरी मेरी आमाका लागि खडा हुन म यहाँ छु”, विरोध प्रदर्शनमा सहभागी एक महिलाले भन्नुभयो ।

उनले आफ्नी मेक्सिकाली आमाको कागजातविहीन आप्रवासन स्थितिलाई ध्यानमा राख्दै नाम नछाप्न अनुरोध गर्नुभयो ।

“इमानदारीका साथ भन्नुपर्दा अप्रवासीहरू नभएको भए यो देश जे छ त्यो हुन सक्दैनथ्यो । त्यसैले म तिनीहरूका लागि यहाँ छु”, उहाँले भन्नुभयो ।

मेक्सिकाली मूलकी २३ वर्षीया अमेरिकी महिला ज्याकलिन नामकी अर्की प्रदर्शनकारीले भन्नुभयो, “म मेरो परिवारको रक्षा गर्न यहाँ छु… म अहिले तिनीहरूका लागि डराउँछु र म त्यस्तो समाजमा बाँच्न चाहन्न जहाँ म मेरो परिवारको स्वास्थ्यका लागि डराउनुपर्छ ।”

न्युयोर्कमा भएको मार्च लस एन्जलसमा भएको प्रदर्शनभन्दा शान्तिपूर्ण थियो । लस एन्जलसमा प्रदर्शनकारी र प्रहरीबीच चलिरहेको प्रदर्शनले ट्रम्पलाई हजारौँ राष्ट्रिय गार्ड सेना र सात सय सक्रिय सेवामा रहेका समुद्री सैनिकहरू खटाउन बाध्य पारेको छ ।

“लस एन्जलसमा भएका विरोध प्रदर्शनहरू अस्वीकार्य छन् र हाम्रो सहरमा प्रयास गरेमा असह्य हुनेछ”, न्युयोर्कका मेयर एरिक एडम्सले मङ्गलबार भन्नुभयो, “न्युयोर्क प्रहरी विभाग कुनै पनि समस्याहरू समाधान गर्न तयार छ, विशेष गरी जब हामी हाम्रो समाजमा गहिरो विभाजनको सामना गरिरहेका छौँ ।”

एडम्सले लस एन्जलसका आफ्ना समकक्षीको विपरीत न्युयोर्कमा मङ्गलबार रातिको कर्फ्यू लागू गर्नुभएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो