2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से दोहोरो अंकले घट्दा,कम्पनीको सेयर मूल्य बढेको छ

काठमाडौँ  | बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भएको छ। यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

मंगलबार १० अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ कमी आएको हो। आज ३०७ वटा धितोपत्रको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ। यसदिन बुटवल पावर, पियोर इनर्जी र श्री सिनर्जी पावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७६२ रूपैयाँ १० पैसा र ७४९ रूपैयाँ ८० पैसा र ४२८ रूपैयाँ ६० पैसा पुगेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १८ रूपैयाँमा झरेको छ।यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ४.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २०० रूपैयाँ कायम भएको छ। बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ८४९ रूपैयाँ ८० पैसामा ६१ करोड ५७ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१५ रूपैयाँ १० पैसामा ६९ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो