२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीनकुने घटना : आज सरकारी वकिलको जवाफ, थुनछेक प्रक्रिया अन्तिम चरणमा

३० जेष्ठ २०८२, बिहीबार ११:४४

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस मुद्दामा बिहिबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिहरूले अदालतमा जवाफ दिँदैछन् ।

प्रतिवादीतर्फबाट वरिष्ठ अधिवक्ताहरूले बहस गरिसकेका छन्। त्यसपछि सरकारी वकिलहरूको जवाफपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने वा रिहा गर्नेबारे निर्णय सुनाउनेछ।

यस मुद्दाको थुनछेक प्रक्रिया काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ हुँदैछ। राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरमा संलग्न भनिएका ५० जना मध्ये ३९ जना हाल थुनामा छन्।

सरकारी वकिलतर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले सहित चार जनाले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका कानुनी प्रश्नहरूमा जवाफ दिने कार्य अघि बढाएका छन्।

यसअघि दुर्गा प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र मनिष पाण्डेले विस्तृत बहस गरेका थिए।

सरकारी वकिलहरूको जवाफपछि अब अदालतको आदेशमार्फत प्रतिवादीहरूको आगामी अवस्थाबारे निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट