2026-09-16 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशभर सुनचाँदी पसल बन्द, व्यवसायीको सरकारविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ । देशभरका सुनचाँदी व्यवसायीहरूले बिहीबारदेखि पसल बन्द गरी सरकारविरुद्ध आन्दोलन उत्रिएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) प्रस्ताव गरेपछि व्यवसायीहरू विरोधमा उत्रिएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघसहित देशभरका विभिन्न संघसंस्थाहरूको आह्वानमा पसल बन्द गरिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले उक्त बजेटमार्फत सुनमा विलासिता कर थपिएको छ भने गहनामा प्रयोग हुने हिरा तथा बहुमूल्य रत्नमा १३ प्रतिशत भ्याट प्रस्ताव गरिएको छ,जसले गर्दा सम्पूर्ण सुनचाँदी व्यवसाय नै संकटमा पार्ने खतरा देखिएको बताएका छन्।

व्यवसायीहरूको मुख्य मागहरूमा सुनको भन्सार दर ६ प्रतिशतमै सीमित राखिनु पर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा नियमावली निर्माण गरिनु पर्ने रहेका छन्।

सरकारले व्यवसायको दीर्घकालीन सम्भावना र रोजगारीमा पर्ने असरलाई ध्यानमा राखेर नीति निर्माणसमेत व्यवसायीहरूको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग