काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट हुन्डी रकमसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिँदा साथमा रहेको ३९ लाख ९९ हजार ४ सय रुपैयाँ नगद बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताएका छन्।