काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन्।
प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता प्राप्त भए संसद् सञ्चालनमा सहजीकरण हुने बताएका थिए।
त्यसैअनुसार, एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाबीच छलफल भएको हो।
प्रतिपक्षीको प्रस्तावमा सत्ता पक्षले थप छलफल गर्नुपर्ने भएकाले प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सारिएको छ।