२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत विमान दुर्घटना :बिहीबार रातिसम्ममा प्राप्त जानकारी

३० जेष्ठ २०८२, बिहीबार २२:३२

भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गरेको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार दिउसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक बस्तीमा खसेको थियो ।

एयर इन्डियाको उडान नम्बर १७१ ले ‘मे डे’ कल जारी गर्दै सङ्कटको सङ्केत गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले विमान स्थानीय समयअनुसार दिउँसो १ः४० बजे दुर्घटनाग्रस्त भएको जनाएको छ ।

एएफपीले तत्काल पुष्टि गर्न नसकेको सामाजिक सञ्जालमा पोस्ट गरिएका केही भिडियोमा एउटा विमानले आफ्नो अगाडीको भाग माथि उठाएर उचाई लिँदै गर्दा एक्कासी उचाइ गुमाएको र त्यो भवनमा ठोक्किनुअघि आगोको गोलामा परिणत भएको देखिएको थियो ।

विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली नागरिक रहेको एयर इन्डियाले जनाएको छ । विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए ।

करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भीडभाड युक्त आवासीय क्षेत्रमा रहेको चिकित्सक र उनीहरूका परिवारको भवनमा विमान ठोक्किएको थियो ।

अस्पताल र ‘घोडा शिविर’को बीचमा दुर्घटना भएको स्थानमा एएफपीका एक पत्रकारले शवहरू निकाल्दै गरेको र अग्निनियन्त्रकहरूले भग्नावशेष निभाउने प्रयास गरिरहेको देखेका थिए ।

नाम नबताउने शर्तमा एक स्थानीयले भन्नुभयो, “हामीले भवनका मानिसहरूलाई दोस्रो र तेस्रो तल्लाबाट हामफालेर आफूलाई बचाउने प्रयास गरेको हामफालेको देख्यौँ। विमानमा आगो लागेको थियो।”

“जब हामी घटनास्थलमा पुग्यौं, त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए,” अर्का स्थानीय पुनम पटनीले एएफपीसँग भन्नुभयो ।

कृष्ण नाम गरेका एक चिकित्सकका अनुसार “जहाजको नाक र अगाडिको पाङ्ग्रा क्यान्टिन भवनमा खसेको थियो जहाँ विद्यार्थीहरूले खाजा खाइरहेका थिए।

उहाँले आफूले १५ देखि २० वटा जलेको शव देखेको र आफू र उनका सहकर्मीले करिब १५ जना विद्यार्थीको उद्धार गरेको बताउनुभयो ।

शहरका एक प्रहरी आयुक्तले सुरुमा एएफपीलाई त्यहाँ कोही पनि जीवित नभएको बताए पनि गुजरात राज्यका स्वास्थ्य अधिकारीले पछि त्यहाँ एक जनालाई जीवितै उद्धार गरेकोे बताउनुभएको थियो ।

गुजरात राज्यको स्वास्थ्य विभागका प्रमुख सचिव धनञ्जय द्विवेदीले एएफपीसँग भन्नुभयो, “हो, एक जना बाँचेको पुष्टि भएको छ।”

सेनाको सहयोगमा उद्धार टोलीले अहिलेसम्म २०४ जनाको शव फेला पारेको छ, जसमा विमान र दुर्घटना आसपासका क्षेत्रका मानिस पनि हताहत भएका भेटिएका छन् ।

शहरका प्रहरी आयुक्तले एएफपीलाई बताएअनुसार विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले हताहत हुनेको सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ ।

भारतको उड्डयन मन्त्रालयले सबै उड्डयन र आपतकालीन प्रतिक्रिया एजेन्सीहरूलाई ‘छिटो र समन्वयात्मक कार्य गर्न’ तैनाथ गरेको छ।

अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगित गरिएको छ ।

एयरलाइन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले आपतकालीन केन्द्र सक्रिय गरिएको र जानकारी लिन चाहने परिवारका लागि सहयोगी टोली गठन गरिएको जानकारी दिनुभयो ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले घटनाबारे थप जानकारी सङ्कलनका लागि काम गरिरहेको र एयर इन्डियालाई सहयोग गर्न तयार रहेको बताएको छन् ।

बेलायत र अमेरिकाले आफ्ना भारतीय समकक्षीलाई सहयोग गर्न हवाई दुर्घटना अनुसन्धान टोली पठाउने बताएका छन् ।

७८७ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको यो पहिलो पटक भएको घटनासँग सम्बन्धित एक स्रोतले जनाएको छ ।

एक ईन्धन–कुशल, वाइड–बडी, हल्का विमान बोइङ ७८७ ड्रिमलाइनरले ३३० व्यक्तिहरूलाई ओसारपसार गर्न सक्छ र यो लामो दूरीका विमानहरूको लागि अमेरिकी कम्पनीको एक गौरवपूर्ण उत्पादन हो ।

विमान दुर्घटनापूति दुःख व्यक्त गर्दै एयर इन्डियाको लगानीकर्ता टाटा समूहले प्रत्येक मृतकका परिवारलाई एक करोड भारु (एक लाख १७ हजार अमेरिकी डलर) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट