2026-10-07 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुर अनुसन्धान अपुरो, सरकारी वकिल कार्यालयले प्रतिवेदन फिर्ता पठायो

काठमाडौँ । विशेष सरकारी वकिल कार्यालयले दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अपुरो रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदन फिर्ता गरेको छ।

प्रहरी अनुसन्धानका अनुसार प्रसाईँले विभिन्न कम्पनीका नाममा लिएको २७ करोड रुपैयाँभन्दा बढी कर्जा दुरुपयोग गरेका थिए। सीआईबीले केही दिनअघि प्रतिवेदन पेश गरे पनि सरकारी वकिल कार्यालयले सो प्रतिवेदन अपुरो रहेको भन्नदै थप अनुसन्धानको आवश्यकता औंल्याएको छ।

सीआईबीको प्रारम्भिक निष्कर्षअनुसार प्रसाईँले पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा लिएको कर्जा ‘राउण्ड ट्रिपिङ’मार्फत अन्य प्रयोजनमा उपयोग गरेका छन्। उनीमाथि कर्जा प्रवाहको उद्देश्य विपरीत खर्च गरिएको आरोप छ।

विशेष सरकारी वकिल कार्यालयले फाइल फिर्ता गर्दै थप छानबिनका लागि ६ बुँदे निर्देशन दिएको छ। यस अन्तर्गत, प्रसाईँकी पत्नी, छोरा र बुहारीको आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउन भनिएको छ। सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार, “सरकारी वकिल कार्यालयले परिवारका अन्य सदस्यहरूबारे पनि छानबिन गर्न निर्देशन दिएको छ।”

यसैबीच, चैत १५ मा काठमाडौँको तीनकुने क्षेत्रमा भएको ध्वंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ। सो प्रकरणमा थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीले उनलाई कारागार चलान गर्न आदेश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो