2026-08-06 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संसद्को उद्योग समितिको बैठकमा वादविवाद, वैदेशिक रोजगार र भिजिट भिसा प्रकरणमा छलफल

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा शुक्रबार वादविवाद चर्किएको छ। बैठकमा द्विपक्षीय श्रम सम्झौता भएका मुलुकहरूमा नेपाली घरेलु कामदार पठाउने सम्भावनासम्बन्धी विषयमा छलफलका क्रममा सांसदहरूबीच तीव्र मतभेद देखिएको हो।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मानव तस्करी र भिजिट भिसा प्रकरण उठाउँदै त्यसबारे गम्भीर छानबिन हुनुपर्ने बताएका थिए। उनले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरे। ठूला दलहरूलाई संकेत गर्दै पराजुलीले जनताले सबै हेरिरहेको उल्लेख गरेपछि बैठकमा अन्य सांसदहरूले विषय विपरित कुरा भएको भन्दै असहमति जनाए।

सांसदहरूको आरोप-प्रत्यारोप र प्रतिवादका बीच बैठक केहीबेर हो-हल्लाकाबीच अवरुद्ध भएको थियो।

यता, कतिपय सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्थाबारे सरकारलाई स्पष्ट सन्देश र सुझाव दिन समितिले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे। नेपाली घरेलु कामदार पठाउने सम्भावनाबारे अध्ययन गर्नुपर्ने प्रस्ताव पनि बैठकमा उठाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग