२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संसद्को उद्योग समितिको बैठकमा वादविवाद, वैदेशिक रोजगार र भिजिट भिसा प्रकरणमा छलफल

३१ जेष्ठ २०८२, शुक्रबार १३:३३

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा शुक्रबार वादविवाद चर्किएको छ। बैठकमा द्विपक्षीय श्रम सम्झौता भएका मुलुकहरूमा नेपाली घरेलु कामदार पठाउने सम्भावनासम्बन्धी विषयमा छलफलका क्रममा सांसदहरूबीच तीव्र मतभेद देखिएको हो।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मानव तस्करी र भिजिट भिसा प्रकरण उठाउँदै त्यसबारे गम्भीर छानबिन हुनुपर्ने बताएका थिए। उनले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरे। ठूला दलहरूलाई संकेत गर्दै पराजुलीले जनताले सबै हेरिरहेको उल्लेख गरेपछि बैठकमा अन्य सांसदहरूले विषय विपरित कुरा भएको भन्दै असहमति जनाए।

सांसदहरूको आरोप-प्रत्यारोप र प्रतिवादका बीच बैठक केहीबेर हो-हल्लाकाबीच अवरुद्ध भएको थियो।

यता, कतिपय सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्थाबारे सरकारलाई स्पष्ट सन्देश र सुझाव दिन समितिले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे। नेपाली घरेलु कामदार पठाउने सम्भावनाबारे अध्ययन गर्नुपर्ने प्रस्ताव पनि बैठकमा उठाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य