३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने

३१ जेष्ठ २०८२, शुक्रबार १४:५१

काठमाडौँ ।  हाजिरी जमानीमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको छ।

उनीहरू बयानका लागि अदालतमा उपस्थित नभएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो। गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलन हिंसात्मक बनाएको आरोपमा मिश्र र राणासहित केही व्यक्ति पक्राउ परेका थिए।

यसअघि दुर्गा प्रसाईँसहित ३९ जनाविरुद्ध थुनछेक आदेश जारी गरिएको थियो, तर मिश्र र राणासहित केहीको थुनछेक बहस नभएकाले हालसम्म उनीहरूका सम्बन्धमा कुनै विशेष आदेश जारी भएको छैन।

अनुसन्धान प्रक्रियाका लागि उनीहरू हाजिर नभएको भन्दै प्रहरीले खोजी कार्य सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराजका अनुसार, मिश्र र राणालाई कार्यालयमा उपस्थित गराउने प्रक्रिया शुरू भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली