२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने

२०८२, ३१ जेष्ठ शुक्रबार १४:५१

काठमाडौँ ।  हाजिरी जमानीमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको छ।

उनीहरू बयानका लागि अदालतमा उपस्थित नभएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो। गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलन हिंसात्मक बनाएको आरोपमा मिश्र र राणासहित केही व्यक्ति पक्राउ परेका थिए।

यसअघि दुर्गा प्रसाईँसहित ३९ जनाविरुद्ध थुनछेक आदेश जारी गरिएको थियो, तर मिश्र र राणासहित केहीको थुनछेक बहस नभएकाले हालसम्म उनीहरूका सम्बन्धमा कुनै विशेष आदेश जारी भएको छैन।

अनुसन्धान प्रक्रियाका लागि उनीहरू हाजिर नभएको भन्दै प्रहरीले खोजी कार्य सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराजका अनुसार, मिश्र र राणालाई कार्यालयमा उपस्थित गराउने प्रक्रिया शुरू भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने