भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सल्यानको अगुवा कार्यकर्ता भेला सम्पन्न

१५ भाद्र २०७४, बिहीबार १२:५७


भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न गरेको हो ।

भेलालाइ सम्बोधन गर्दै एमाले प्रदेश नम्बर ६ का सहसंयोजक यमलाल कंडेलले अवको पार्टि निर्माणको आधार निर्वाचीत जनप्रतिनिधीहरु भएको बताएका छन् । भेलाका प्रमुख अतिथी रहेका उनले भने– ‘अव जनप्रतिनीधीहरुले सबैको भलो हुने किसीमले राम्रो राम्रो काम गर्न जरुरी छ, अनी मात्रै हाम्रो संगठन बलियो हुन्छ र हिजोको गुटउपगुटको मानसिकता त्यागेर सबै पार्टिका नेताकार्यकर्ता एकजुट हुनुपर्छ ।’ उनले नेपालका प्रधानमन्त्री देउवाले भारतमा गएर नेपालीको शिर निहुराएको आरोप पनि लगाए ।

जिल्ला पार्टि अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा र उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गुलावजंग शाह, प्रदेश कमिटी सदस्य हरि केसी, उदय वोहोरा, केन्द्रीय निर्वाचन कमिटी सदस्य भद्रसिंह बुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य घनश्याम पुन, युवा संघ केन्द्रीय सदस्य रुद्रविर घर्ती, अनेमसंघ जिल्ल अध्यक्ष सरिता हमाल लगाएतकाले पनि मन्तव्य राखेका थिए ।


जिल्ला सचिव रमेश कुमार गौतमले संचालन गरेको कार्यक्रममा सल्यान जिल्लाका स्थानीय तहमा एमालेबाट निर्वाचीत भएका जनप्रतिनीधीहरु, जिल्ला कमिटीका सल्लाहकार, ज्येष्ठ नागरिक मंचका सदस्यहरु र जनवर्गिय संगठनका प्रमुखहरुको सहभागीता थियो । भेलामा उपस्थीत भएकाहरुलाइ जिल्ला सहसचिव दान बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता