२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देशविदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल

२०८२, ३२ जेष्ठ शनिबार १५:४९
काठमाडौँ | जापानमा लामो समय ‘सेफ’ रहनुभएका अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल नेपाली खाना विश्वका विभिन्न मुलुकमा प्रर्वद्धनमा क्रियाशील हुनुहुन्छ । उहाँ नेपाली खानाको विश्वव्यापी प्रर्वद्धन अभियानमा लाग्नुभएको हो ।
बागलुङको काठेखोला–६ का कँडेल कुनै समय जापानमा नेपाली परिकारको प्रर्वद्धनमा लाग्नुभएको थियो । जापानको अनुभव अहिले विश्वका विभिन्न देशमा नेपाली खानाको प्रर्वद्धनमा उहाँ जुटिरहनुभएको छ । भारत, जापान, अमेरिका, क्यानडा तथा अन्य मुलुकको भ्रमण गरी नेपाली खानाको प्रचार अभियानमा सक्रिय हुनुहुन्छ ।
सेफ कँडेलले हालै पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गर्नुभएको छ । अर्का सेफ दुर्गा खड्कासँगको सहलेखनमा उहाँको भोजनलिपि ‘कुकबुक’ प्रकाशोन्मुख  छ । उहाँले स्वदेश तथा विदेशमा गरी ४० भन्दाबढी रेस्टुराँमा सयौँ सेफलाई आफ्नो ज्ञान तथा सीप सिकाउनुभएको छ । उहाँ पुस्तक लेखन र कार्यक्रममार्फत हजारौँलाई पाककलाको ज्ञान बाँड्ने अभियानमा हुनुहुन्छ ।
सेफ कँडेल र  खड्काको पाककलामा आधारित भोजनलिपि  अभियानअन्तर्गत अहिले देशका विभिन्न जिल्लाबाट नेपाली खाना सङ्कलन गरी व्यावसायिक प्रर्वद्धनमा जुट्नुभएको छ । पाककलामा नाम कमाएका  गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मणप्रसाद भण्डारी, शिवहरि घिमिरे र नयाँपुस्ताका पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरुसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । उहाँहरुसँगको सहकार्यले नेपाली खाना प्रर्वद्धन अभियानले छोटो समयमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाएको छ ।
विगत १८ वर्षको दौरानमा जापानमै मात्र आधा दर्जनभन्दा बढी रेस्टुराँ सञ्चालन गरी यस क्षेत्रको उच्च अनुभव उनले सँगाल्नुभएको छ । जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फ्यूजन गरी परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीन एवं सृजनात्मक ढङ्गले प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न पनि उहाँ खप्पिस हुनुहुन्छ ।
भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते
     अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गर्न लागिएको नेपाली खाना प्रर्वद्धनमा अभियानले जनाएको छ । कार्यक्रम धान–चामल र दुग्धजन्य पदार्थका परिकारको प्रर्वद्धनमा आधारित रहने अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । चौथो संस्करणमा मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषिउपजको पनि प्रर्वद्धन गरिनेछ ।
अभियानले यसअघि यही जेठ १८ गते काठमाडौँमा तेस्रो संस्करण सम्पन्न गरिसकेको छ । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न २५ परिकार राखिएको थियो । भोजनलिपि स्वादमा अधिकांश नेपाली कृषिउपजबाट बनेका परिकार राखिएका थिए । मोही, कोदो, मकै, फापर सिस्नो, कटहर, च्याउका परिकार राखिएको थियो । बेलको सर्वत, निगुरो, खुवा, पान–लड्डुबाट बनेका परिकार पाककलाका विशेष आकर्षण थिए ।
भोजनलिपि स्वादका सर्जक कँडेलले नेपाली खानालाई नेपाली संस्कृति र आध्यात्मिक पक्षसँग पनि जोडेर लैजान उपयुक्त हुने बताउनुहुन्छ । आजको संसारमा मानिसले स्वादका अतिरिक्त जीवन पनि खोजिरहेको उल्लेख गर्दै उहाँले नेपाली खानाले संसारलाई एउटा अमूल्य औषधिरुपी उपहार पनि दिनसक्ने विचार व्यक्त गर्नुहुन्छ ।
     नेपाली खाना प्रर्वद्धन अभियानको संयोजनमा हुँदै आएको भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा गरी १०० भाग सञ्चालन गरिने अभियानका संयोजक सापकोटाले जानकारी दिनुभयो । नेपाली खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन यो अभियान थालिएको हो ।
हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, कास्की म्याग्दी बागलुङ, रोल्पा, जुम्लालगायत ३५ जिल्लामा परिकार प्रस्तुत गरिसकिएको छ । काठमाडौँ बाहिर सातै प्रदेशका राजधानीलगायत मुख्य सहरमा पनि अभियान चाँडै सुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु