2026-09-14 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुरेका समुदायको हितमा गुरुयोजनाको कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : वनमन्त्री शाही

काठमाडौँ | वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चुरे क्षेत्रमा आश्रित समुदायको जीवन सुरक्षा गर्न चुरे संरक्षणका लागि चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

एघारौँ चुरे संरक्षण दिवसका अवसरमा नवलपरासीको कावासोतीमा आज आयोजित कार्यक्रममा उहाँले चुरे क्षेत्रको प्राकृतिक स्रोतको दिगो संरक्षण तथा व्यवस्थापनतर्फ अग्रसर हुन शुभकामना व्यक्त गर्दै चुरे संरक्षणमा सबैको सहभागिताका लागि अनुरोध गर्नुभयो ।

नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे क्षेत्रले नेपालको भूभागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रफल ओगटेको छ । चुरे क्षेत्र भौगर्भिक दृष्टिकोणले कमलो, कमजोर, अत्यन्त संवेदनशील, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग हो ।

चुरे पर्वतीय शृङ्खलाले नै पहाड, दुन, भावर तथा तराई–मधेशको सम्बन्ध एकापसमा अन्योन्याश्रित रूपले जोडेको उल्लेख गर्दै मन्त्री शाहीले चुरे पर्वतीय शृङ्खला नेपालको अन्न भण्डारका रूपमा रहेको तराई–मधेशका लागि पानीको महत्त्वपूर्ण पुनर्भरण क्षेत्र भएको बताउनुभयो ।

“यहाँ नेपालको आधाभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको छ । चुरे क्षेत्रमा भएका प्राकृतिक सम्पदाहरू यस क्षेत्रलगायत तल्लो तटीय क्षेत्र अर्थात् तराई मधेशमा बस्ने जनसमुदायको जीविकोपार्जनका लागि महत्त्वपूर्ण आधारशिला हुन्,” उहाँले भन्नुभयो ।

मानवीय तथा प्राकृतिक कारणले चुरे क्षेत्रमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न चुरे तराई मधेश भूपरिधिमा पारेको प्रतिकूल प्रभावप्रति संवेदनशील भई सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सुरुआत गरेको थियो ।

त्यसलाई अझ सशक्त रुपमा अघि बढाउनका लागि चुरे क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरी २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरिएको हो । नेपाल सरकारले चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजना तयार गरी चुरे संरक्षणका कार्यक्रमहरू अगाडि बढाएको बताउँदै उहाँले राष्ट्रिय गौरवका रूपमा रहेको यस आयोजनाले वातावरणीय, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षहरुलाई समेटी उपल्लो तटीय तथा तल्लो तटीय क्षेत्रको सन्तुलन कायम हुनेगरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “सीमित स्रोत र साधनभित्र रहेर चुरेको संरक्षणका लागि गर्नुपर्ने कामहरूको दायरा र कार्य क्षेत्र फराकिलो रहेकाले प्रभावकारी रूपमा चुरे संरक्षण गर्न व्यापक जनसहभागिताको आवश्यकता रहेको देखिन्छ ।”

चुरे संरक्षणका लागि थप नीतिगत तथा कानुनी व्यवस्था समेतका लागि सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी गराउँदै उहाँले चुरे संरक्षण बहुसरोकारको विषय भएकाले यसको संरक्षणमा सङ्घीय, प्रदेश, स्थानीय सरकार स्थानीय समुदाय, सबै सरोकारवाला निकायहरुको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो । सोही कार्यक्रममार्फत आजैदेखि १० हजार विभिन्न प्रजातिका बिरुवा रोपणको सुरुआत समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी