१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाग्मतीको बजेट : तीन वर्षको सवारीसाधनको कर एकैपटक तिरे छुट दिइने

२ असार २०८२, सोमबार १४:०३

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ सम्म सवारीसाधन कर नबुझाएकालाई वाग्मती प्रदेश सरकारले छुट योजना ल्याएको छ । आइतबार (असार १ गते) सार्वजनिक गरिएको आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत छुट व्यवस्था गरिएको हो ।

सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका धनीले पछिल्लो तीन आर्थिक वर्षको कर र दस्तुर बुझाए छुटको व्यवस्था गरिएको छ । यसमा त्यसअघिका वर्षहरूको यस्तो कर तथा जरिवाना छुट हुने बजेटमा उल्लेख छ ।

यो छुट पाउन आर्थिक वर्ष ०८०/८१, ०८१/८२ र ०८२/८३ को सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवाना ०८३ जेठ मसान्तसम्म बुझाउनुपर्छ ।

प्रचलित कानुनानुसार “आर्थिक वर्ष २०८१/८२ सम्म सवारीसाधन कर नबुझाएका र सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीले पछिल्लो तीन आर्थिक वर्षको सवारीसाधन कर तथा नवीकरण दस्तुर संवत् २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवानामा छुट गरिनेछ,” वाग्मती सरकारले सार्वजनिक गरेको नयाँ बजेटको बुँदा नम्बर–२१४ मा उल्लेख छ ।

संघ, प्रदेश सरकार, स्थानीय तह र मातहतका निकायको स्वामित्वमा रहेका मर्मतसम्भार गरी प्रयोगमा ल्याउन नसकिने सवारीसाधनको हकमा पनि छुट दिइएको छ । सम्बन्धित सवारीसाधन दर्ता भएका कार्यालयले यातायात व्यवस्था हेर्ने मन्त्रालयको स्वीकृतिमा तिर्नु तथा बुझाउनुपर्ने राजस्व बाँकी भए त्यो समेत मिनाहा हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार