2026-07-26 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।

“यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि थप गतिविधिहरु बढाउन आवश्यक छ”, मन्त्री गुरुङले भन्नुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क(डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । “सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले आइटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटी इन्टर्नसिपका लागि बजेट नै छुट्याएको बताउनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहको सहकार्यमा यस क्षेत्रको विकास गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ