३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

२ असार २०८२, सोमबार १७:२३

काठमाडौँ | नेपाल रत्न तथा आभूषण सङ्घले हीरा तथा बहुमूल्य पत्थरमा मूल्यअभिवृद्धि कर (भ्याट) र सुनमा विलासिता कर लगाउँदा व्यवसाय प्रभावित हुने जनाउँदै त्यसमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको हो ।

सङ्घका अध्यक्ष सुमनमान ताम्राकारले सुनचाँदी तथा रत्नका आभूषणमा कर लगाउँदा करिब रु तीन खर्ब ५० अर्ब लगानी गरेका २५ हजार व्यवसायी मात्र प्रभावित नभई तीन लाख कालिगढ र तिनका आश्रितसमेत समस्यामा पर्ने भएकाले पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

सुनचाँदी तथा रत्न आभूषण व्यवसायीबाट राज्यलाई वार्षिक रु २० अर्ब राजस्व योगदान हुुँदै आएको जानकारी दिँदै अध्यक्ष शाक्यले करको मारबाट आफूहरूलाई मुक्त गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट