2026-09-14 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौँ | पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र महिला पर्यटन व्यवसायी सञ्जालको संयुक्त आयोजनामा भएको व्यवसायीहरुको क्षमता तथा व्यवसाय प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमका बक्ताहरुले आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सबलीकरणका लागि पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्ने धारणा राखेका छन् ।

सञ्जालकी अध्यक्ष निर्मला धमलाको सभापतित्वमा भएको सो समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणा, महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञावाली, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिं ऐर, नेपाल ट्रेकिङ् एजेन्ट्स् एसोसिएसनका अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाट्टाका वरिष्ठ उपाध्यक्ष जिसुवा तुलाधारलगायतले पर्यटन व्यवसायका विभिन्न क्षेत्रहरुमा महिलाले विशिष्ट योगदान दिनसक्ने हुँदा उनीहरुलाई यसतर्फ आकर्षित गराउन सरकार र निजी क्षेत्रबाट ठोस योजना र कार्यक्रम ल्याउनुपर्दछ भन्नुभयो ।

तीन दिनसम्म सञ्चालन गरिएको सो प्रशिक्षणमा पर्यटनमा महिलाहरु संलग्न हुनसक्ने क्षेत्रहरुको पहिचान, कम्पनी सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया, कर प्रणालीलगायतका विषयमा छलफल भएको सञ्जालकी उपाध्यक्ष जया बरालले जानकारी दिनभयो । प्रशिक्षणमा विभिन्न सङ्घसंस्थामा संलग्न ५५ जना महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी