काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका डीआईजी गणेश बहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको छ। गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडीको नेतृत्वमा रहेको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
सशस्त्र प्रहरी बलमा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएको वैशाख २ पछि उक्त पद रिक्त रहँदै आएको थियो।