2026-09-15 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रशासकीय अधिकृतबिना बैठक बोलाउने मेयर बालेनको प्रयासमा ब्रेक, आजको बैठक स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’को बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ।

बैठकका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जानकारी नै नदिई बैठक बोलाउन खोजिएको भन्दै उठेको वैधानिकता सम्बन्धी प्रश्नपछि बैठक रद्द गरिएको हो। मेयरले प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार गर्न लगाएर आज बिहान ११ बजेका लागि बैठक बोलाएका थिए। तर, सचिवालयसँग समन्वय नहुँदा र सदस्यहरूबाट विधिको प्रश्न उठेपछि अन्ततः बैठक स्थगित गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बैठकबारे आफूलाई कुनै जानकारी नदिएको बताएका छन्।

स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरी मसान्तसम्म पारित गर्नुपर्ने कानुनी प्रावधान छ। तर मेयर संयोजक रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति अझैसम्म नबसेकाले काठमाडौँ महानगरको बजेट प्रक्रियामा अन्योल उत्पन्न भएको छ।

उक्त समितिमा उपमेयर सुनिता डंगोल, कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन र अनिता कार्की (ढोली) सदस्य छन्।

महानगर कार्यपालिका र नगरसभाको बैठकसमेत अझै अनिश्चित अवस्थामा रहेको छ, जसले आगामी बजेट तथा नीति कार्यक्रम तय गर्न चुनौतीपूर्ण परिस्थिति निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ