२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको चौथो दिन कारोबार रकममा १८ प्रतिशतले वृद्धि, नेप्से परिसूचकमा सामान्य गिरावट

४ असार २०८२, बुधबार १५:४७

काठमाडौँ । बुधबार सेयर बजारमा कारोबार रकममा उल्लेखनीय वृद्धि देखिए पनि नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से १.०७ अंकले घटेर २६५३ अंकमा झरेको छ।

आजको दिन कारोबार रकम १८ प्रतिशतले बढेर ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो रकम ७ अर्ब ६५ करोड रुपैयाँ थियो।

कुल ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ, एक कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकहरूमा मिश्रित अवस्था देखिएको छ। हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, र अन्य समूहका सूचकहरू उकालो लागेका छन् भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहका सूचकहरूमा गिरावट आएको छ।

विशेषगरी पियोर इनर्जी र जोशी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएका कम्पनीमा परेका छन्। युनियन हाइड्रोपावर ९.२२ प्रतिशत, सिंगटी हाइड्रो इनर्जी ८.०९ प्रतिशत र पञ्चकन्या माइ हाइड्रोपावर ८.०५ प्रतिशत बढेको छ।

दोस्रोतर्फ, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ, जसको मूल्य १० प्रतिशतले घटेको छ। यस्तै सप्तकोशी विकास बैंकको ७.३९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशतले मूल्य घटेको छ।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर, ङादी ग्रुप, र युनियन हाइड्रोपावर परेका छन्।

सेयर बजारको हालको अवस्था हेर्दा लगानीकर्ताको ध्यान जलविद्युत् र ऊर्जा समूहतर्फ आकर्षित भएको देखिन्छ भने बैंकिङ तथा विकास बैंक समूहमा केही दबाब देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की