2026-09-14 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफैंले गरेको निर्णयबाट पछि हटेका छन्। जेठ १ गते प्रमुख शाहले नगर कार्यपालिकाका चार समितिका संयोजकहरूलाई हटाउने निर्णय गरेका थिए। ती निर्णयप्रति वडाध्यक्षहरूले असन्तुष्टि जनिएपछि उनले पूर्ववत् जिम्मेवारी कायम गर्ने निर्णय लिएका हुन्।

सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनबाट फिर्ता लिएको जिम्मेवारी पुनः फिर्ता दिइएको छ।

शुरूमा उक्त पदहरूमा सूचना प्रविधि समितिमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समितिमा कांग्रेसका वडाध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा कांग्रेसकै विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाकी रोजिना श्रेष्ठलाई संयोजक तोकिएको थियो।

तर, रास्वपाकी श्रेष्ठबाहेक अन्य तीन वडाध्यक्षहरूले नयाँ जिम्मेवारी लिन अस्वीकार गरेपछि निर्णय फिर्ता लिनुपर्ने दबाब बढेको थियो।

महानगरको कार्यपालिका बैठकसमेत नियमित रूपमा बस्न नसकेको अवस्था र कार्यपालिका तथा नगरसभा सदस्यहरूको निरन्तर दबाबका बीच यो निर्णय फिर्ता गरिएको हो।

यसअघि बालेनले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ अनुसार समितिहरूमा संयोजक फिर्ता लिई उपनियम (१) बमोजिम नयाँ संयोजकहरू तोकिएको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले