2026-09-14 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतले माग्यो नेपाल खबरलाई समाचार नहटाउनुको कारण

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा दायर अदालतको अवहेलना रिटमा जिल्ला अदालत काठमाडौँले नेपाल खबरलाई समाचार नहटाउनुको कारण देखाउन आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले श्रेष्ठले दायर गरेको अवहेलनासम्बन्धी रिटमा विपक्षी नेपाल खबरसँग स्पष्टिकरण मागेको हो।

जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिका सन्दर्भमा श्रेष्ठले प्रत्यक्ष रूपमा कमिसन मागेको आरोपसहित नेपाल खबर र बिजमाण्डु अनलाइनले समाचार प्रकाशित गरेका थिए। ती समाचारविरुद्ध श्रेष्ठले निषेधाज्ञा माग गर्दै जिल्ला अदालतमा निवेदन दर्ता गरेका थिए।

गत जेठ २७ गते जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले दुवै अनलाइनमा प्रकाशित समाचार हटाउन आदेश दिएको थियो। साथै, अन्तरिम आदेशको सुनुवाइका लागि असार ४ गते दुवै पक्षलाई बोलाइएको थियो।

नेपाल खबरले अदालतको उक्त आदेशप्रति जवाफ दिँदै सार्वजनिक पदधारीहरू जनताको निरन्तर निगरानीमा रहने भएकाले तिनीहरूबारे समाचार लेख्ने पत्रकारको संवैधानिक अधिकार रहेको दाबी गरेको छ। समाचार मेटिएको छैन भन्ने आधारमा श्रेष्ठले पुनः अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

अदालतले सोही अवहेलना रिटमा ‘समाचार किन नमेटाएको हो’ भन्ने विषयमा नेपाल खबरलाई कारण देखाउन आदेश दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले