३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ

६ असार २०८२, शुक्रबार १६:५६

काठमाडौँ | ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरियको प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।

भन्सार जाँच भइसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन भेटिएको थियो। तत्कालीन अवस्थामा दिलिप भुजेलको नाममा दर्ता भएको रेडी ट्रेड प्रालिले ब्रेकशु मगाएको अनुसन्धानमा खुलेको थियो।

 

यसबाहेक पनि पटकपटक चीनबाट विभिन्न सामानभित्र राखेर सुन तस्करी गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। भन्सार विभागले सुरुवाती अनुसन्धान गरे पनि पछि यसको अनुसन्धान सीआईबीले गर्दै आइरहेको छ।

दावालाई राजश्व अनुसन्धान विभागको टोलीले २०८० साउन १४ गते पक्राउ गरेको थियो। तर अमला फरार थिइन्। अमला माओवादीको रोल्पा-काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।

पक्राउ परेकी अमलालाई प्रतिवादी बनाउँदै पहिल्यै अभियोगपत्र दायर भइसकेकोले सिधै अदालत पेस गरिनेछ। उनलाई आइतबार अदालत पेस गरिने प्रवक्ता खड्काले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली