३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल

७ असार २०८२, शनिबार १७:१९

काठमाडौँ | नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने प्रयासहरु भइरहेको भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)को इन्चार्जसमेत रहेका नेता रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताए ।

झापाको बिर्तामोडमा शनिबार आयोजित मानव अधिकार एलायन्सको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता रिजालले पार्टीको एघारौं महाधिवेशन आगामी मङ्सिर वा फागुनसम्ममा सम्पन्न हुने जानकारी दिए ।

आगामी २०८४ को निर्वाचनमा नेकपा एमाले बहुमत प्राप्त दल बन्ने र एकल सरकारको नेतृत्व गर्न पाउने गरी काम गर्नुपर्ने उनले बताए ।

मानव अधिकार एलायन्स झापाका अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षतामा भएको जिल्लास्तरीय भेलामा केन्द्रीय अध्यक्ष विदुर सुवेदी, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले विषयगत प्रस्तुतिहरु गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली