२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो

८ असार २०८२, आईतवार १३:१८

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका वडा नं. ६ र ७ जोड्ने तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुल पुनः भत्किएको छ।

कुनौरी (वडा नं. ६) र भटौली मुगिटार (वडा नं. ७) जोड्ने उक्त पुलको एक स्पान आइतबार बिहान पुनः भाँचिएको हो। निर्माण कम्पनी कालिका–कल्पवृक्ष जेभीद्वारा निर्माणाधीन पुलको यही भाग गत वैशाख महिनामा पनि एकपटक भाँचिएको थियो।

स्थानीयका अनुसार त्यही भाँचिएको स्ल्याब पुनः निर्माणको क्रममा फेरि क्षतिग्रस्त भएको हो। यो दोहोरिएको घटनापछि निर्माण कार्यको गुणस्तर र सुरक्षामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।

पुलको निर्माण म्याद २०८२ साल भदौ मसान्तसम्म तोकिएको छ। ‘डिजाइन एन्ड बिल्ड’ ढाँचामा निर्माण भइरहेको यो पुल २३० मिटर लामो र ११ मिटर चौडाइको हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान