काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार आइतबारकै मूल्यमा सुनकाे कारोबार भइरहेकाे छ । महासंघका अनुसार आज सुन प्रतिताेला १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।
सुनकाे मूल्य स्थिर रहेपनि आज चाँदीकाे मूल्य भने बढेकाे छ । महासंघका अनुसार आज आइतबारको तुलनामा चाँदी प्रतिताेला १० रूपैयाँले बढेकाे हाे । मूल्य बढेसँगै आज चाँदी प्रतिताेला २ हजार १७० रूपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।