२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने : गृहमन्त्री लेखक

२०८२, ११ असार बुधबार १५:३९

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने बताएका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ मा प्रहरी संगठनका बारेमा उल्लेख नगरेको भन्दै यस विध्येकमा उल्लेख गरी प्रहरीको समायोजनलाई सरल बनाउने बताएका हुन् ।

उनले भने,‘हामीले प्रहरी समायोजन गर्ने भनेका छौ । तर प्रहरीको समायोजनका बारेमा अरु दुईवटा कानून त बनायौ तर प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ हो त्यसमा प्रहरी संगठनका बारेमा उल्लेख गरेको अवस्था छैन,’ गृहमन्त्री लेखकले भने, ‘यसले संविधानको भावना अनुरुप प्रदेश प्रहरीका विषयहरु समेत यसमा उल्लेख गरेर प्रहरीको समायोजनलाई सरल, सहज गर्ने उद्देश्यका साथ यो आएको छ ।’

उनले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा नेपाल प्रहरी सेवालाई प्रभावकारी बनाउँदै अपराध रोकथामका लागि आवश्यक व्यवस्था गरिएको बताए ।

उनले भने, ‘नेपाल प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिबद्ध व्यवसायीक, जवाफदेही र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती सुरक्षा, सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न आवश्यक व्यवस्था यो विधेयकमा गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै