२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

२०८२, ११ असार बुधबार १६:४४
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु एक अर्ब तीन करोड २६ लाख नौ हजार ३७६ बराबरको बजेट सार्वजनिक गरेको छ ।
मङ्गलबार नगरपालिकाको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा कार्यवाहक उपप्रमुख रूपा बोम्जनले उक्त बजेट पेस गर्नुभयो । नगरको कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार पारिएको नगरका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाको भनाइ छ ।
आगामी आव २०८२/८३ का लागि कूल बजेटमध्ये व्यय रु १० करोड ४६ लाख, पुँजीगत तथा कार्यक्रमतर्फ रु ७० करोड ५० लाख नौ हजार ३७६, सशर्त अनुदानतर्फ रु २१ करोड ४३ लाख, विशेष अनुदानतर्फ रु ८७ लाख अनुमान गरिएको कार्यवाहक उपप्रमुख बोम्जनले जानकारी दिनुभयो ।
अनुमानित खर्चको स्रोत नेपाल सरकार अनुदान, राजस्व बाँडफाँट, प्रदेश सरकार अनुदान, आन्तरिक आय तथा नगर विकास कोष र निजी क्षेत्र गैरसरकारी संस्थाहरू अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो । कृषि क्षेत्रतर्फ नगरपालिकाले यहाँ उत्पादन हुने अन्नको भण्डार निर्माणलाई पनि प्राथमिकता दिएको उहाँको भनाइ छ ।
नगरभित्र उत्पादन भएका तरकारी सङ्कलनको दिगो व्यवस्थापनका लागि सखुवनीमा संरचना निर्माणका लागि रु दुई करोड ८० लाख बजेट विनियोजन गरिएको छ । नगरमा रहेका ३५ बढी धार्मिकस्थल र नगरले निर्माण गरिरहेको बागमती माछापोखरी ९भरत ताल०लाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी कार्यक्रम तयार गरिएको बोम्जनले जानकारी दिनुभयो ।
नगरपालिकाले अस्तित्वमा रहेका र लोपोन्मुख तथा प्रचलित भाषा संस्कृति संरक्षणको लागिसमेत कार्यक्रम तयार गरी सभाबाट अनुमोदन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीक भण्डारीले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे