२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

११ असार २०८२, बुधबार १६:४४
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु एक अर्ब तीन करोड २६ लाख नौ हजार ३७६ बराबरको बजेट सार्वजनिक गरेको छ ।
मङ्गलबार नगरपालिकाको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा कार्यवाहक उपप्रमुख रूपा बोम्जनले उक्त बजेट पेस गर्नुभयो । नगरको कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार पारिएको नगरका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाको भनाइ छ ।
आगामी आव २०८२/८३ का लागि कूल बजेटमध्ये व्यय रु १० करोड ४६ लाख, पुँजीगत तथा कार्यक्रमतर्फ रु ७० करोड ५० लाख नौ हजार ३७६, सशर्त अनुदानतर्फ रु २१ करोड ४३ लाख, विशेष अनुदानतर्फ रु ८७ लाख अनुमान गरिएको कार्यवाहक उपप्रमुख बोम्जनले जानकारी दिनुभयो ।
अनुमानित खर्चको स्रोत नेपाल सरकार अनुदान, राजस्व बाँडफाँट, प्रदेश सरकार अनुदान, आन्तरिक आय तथा नगर विकास कोष र निजी क्षेत्र गैरसरकारी संस्थाहरू अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो । कृषि क्षेत्रतर्फ नगरपालिकाले यहाँ उत्पादन हुने अन्नको भण्डार निर्माणलाई पनि प्राथमिकता दिएको उहाँको भनाइ छ ।
नगरभित्र उत्पादन भएका तरकारी सङ्कलनको दिगो व्यवस्थापनका लागि सखुवनीमा संरचना निर्माणका लागि रु दुई करोड ८० लाख बजेट विनियोजन गरिएको छ । नगरमा रहेका ३५ बढी धार्मिकस्थल र नगरले निर्माण गरिरहेको बागमती माछापोखरी ९भरत ताल०लाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी कार्यक्रम तयार गरिएको बोम्जनले जानकारी दिनुभयो ।
नगरपालिकाले अस्तित्वमा रहेका र लोपोन्मुख तथा प्रचलित भाषा संस्कृति संरक्षणको लागिसमेत कार्यक्रम तयार गरी सभाबाट अनुमोदन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीक भण्डारीले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने