२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

११ असार २०८२, बुधबार १६:४६
काठमाडौँ । स्थानीय तहले असार १० गते सभा सम्पन्न गर्नुपर्ने प्रावधानअनुसार गाउँ तथा नगरसभाबाट बजेट ल्याउनुपर्ने प्रावधान भए पनि आन्तरिक विवादका कारण यहाँका छ स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नै ल्याउन सकेका छैनन् ।
बजेट ल्याउन नसकेका स्थानीय तहमा मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका र औरही गाउँपालिका रहेका छन् । यी स्थानीय तहले बजेट तयारी नपुगेको, आन्तरिक विवाद, जनप्रतिनिधिबीचको मतभेद र कार्यपालिका सदस्यको अनुपस्थितिका कारण समयमै बजेट पेश गर्न नसकेको जनाएका छन् ।
नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम लाल कर्णले नगर अधिवेशनको लागि बोलाइएको कार्यपालिका बैठकमा १९ जना सदस्यमध्ये उपप्रमुखसहित १३ जनाको अनुपस्थित रहेकाले बजेट पेस गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठक नै नबस्दा नगरसभामा बजेट पेस गर्न नसकिएको हो ।
त्यस्तै अन्य स्थानीय तहमा पनि प्रमुख तथा उपप्रमुखबीचको समन्वय अभाव, कार्यपालिका सदस्यको असहयोग र विभिन्न विकास योजना तथा बजेट शीर्षकमा मतभेदका कारण निर्धारित समयभित्र बजेट पेस हुन नसकेकोे बताइएको छ ।
केही स्थानीय तहमा राजनीतिक विवादका कारण निर्धारित समयमा बजेट पेस नहुनु गम्भीर समस्या भएको क्षीरेश्वरनाथ–५ महेन्द्रनगरका युवा रोहित खनालले बताउनुभयो । समयमै नीति, कार्यक्रम तथा बजेट नल्याउँदा सार्वजनिक सेवा प्रवाह, विकास आयोजना जस्ता महत्वपूर्ण काममा असर पर्न सक्ने उहाँको भनाइ छ ।
यस्तै मिथिला बिहारी, बटेश्वर, मुखियापट्टी मुसहरनिया, जनकनन्दनी, विदेह र जनकपुरधाम नगरपालिकाले मङ्गलबार बजेट सार्वजनिक गरेका छन् भने लक्ष्मिनियाँ, धनुषाधाम, गणेशमान चारनाथ, सहिदनगर र धनौजी नगरपालिकाले भने त्यसअघि नै आफ्नो नीति, कार्यक्रम तथा बजेट पेस  गरिसकेको छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण