२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पालिका बजेटः मालारानीले प्राङ्गारिक मल कारखाना सञ्चालन गर्ने

२०८२, ११ असार बुधबार १७:११
काठमाडौँ । मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ ।
‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित रहेर गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । सोअन्तर्गत चालुतर्फ रु ४५ करोड ७१ लाख २९ हजार र पुँजीगततर्फ रु १७ करोड २१ लाख २२ हजार विनियोजन गरिएको छ ।
गाउँपालिकाको बजेट कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिलगायतका कार्यक्रम समेटिएको छ । प्राङ्गारिक मल कारखाना स्थापना गर्ने, किसानका उत्पादन बजारसम्म पुर्याउन ढुवानीमा अनुदान र मालारानी–८ मा मसला उद्योग स्थापना गर्ने अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो  ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ । पूर्वाधार निर्माणमा रु छ करोड ३० लाख, सामाजिक विकासमा रु सात करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दीर्घरोगी निःशुल्क औषधिको लागि रु २० लाख रकम विनियोजन भएको छ भने नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।
यस्तै गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजना बजेटमा समेटिएका छन् । वडास्तरीय विकासका लागि रु एक करोड ५७ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ रु आठ करोड ५२ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ५८ लाख विनियोजन गरिएको योजना अधिकृत नेत्र खनालले बताउनुभयो । साथै महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रम समावेश गरिएको छ ।
सन्धिखर्कको बजेट एक अर्ब ११ करोड १४ लाख 
यसैगरी सन्धिखर्क नगरपालिकाले आगामी वर्षका लागि रु एक अर्ब ११ करोड १४ लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको  १८ औँ नगरसभा तथा अधिवेशनको उद्घाटन मङ्गलबार नगर प्रमुख एवं सभाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
नगरसभामा उपाध्यक्ष मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत तथा सचिव खिमानन्द भुसाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्य तथा विभिन्न शाखाका कर्मचारीको उपस्थिति रहेको थियो । सभामा नगर प्रमुख श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्व सहमतिले पास गरिएको छ ।
नगर उपप्रमुख आचार्यले बजेट पेस गर्नुभयो । प्रस्तावित बजेटमा पुँजीगततर्फ रु ३२ करोड ३८ लाख ६७ हजार ७२५ र चालुतर्फ रु ५६ करोड ७५ लाख ३२ हजार २२५ विनियोजन गरिएको छ । अन्य रकम सामाजिक सुरक्षामा गरेर रु एक अर्ब ११ करोड १४ लाखको बजेट रहेको छ ।
नगर प्रमुख श्रेष्ठले ‘सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा’ भन्ने अवधारणा कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभएको थियो ।  नगरवासीको जीवनस्तर सुधार र सहज सेवाप्रवाह सुनिश्चित गर्न नागरिक आवश्यकतालाई केन्द्रमा राखेर योजना निर्माण गरिने उहाँको भनाइ थियो ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रममा सामाजिक न्याय, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ । विशेषगरी नगरका तीन प्रमुख धार्मिक तथा पर्यटकीयस्थल सुपादेउराली, नरपानी र अर्घाको पर्यटन प्रवद्र्धनका लागि विशेष पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यस्तै कृषि क्षेत्रको सशक्तीकरणलाई नीति कार्यक्रममा केन्द्रमा राखिएको छ । नगरभित्र व्यावसायिक खेती विकास र रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिइने बताइएको छ । त्यसैगरी हल गोरू पाल्ने किसानलाई प्रोत्साहनस्वरूप विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि नीति कार्यक्रममा उल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति