२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पालिका बजेटः मालारानीले प्राङ्गारिक मल कारखाना सञ्चालन गर्ने

११ असार २०८२, बुधबार १७:११
काठमाडौँ । मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ ।
‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित रहेर गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । सोअन्तर्गत चालुतर्फ रु ४५ करोड ७१ लाख २९ हजार र पुँजीगततर्फ रु १७ करोड २१ लाख २२ हजार विनियोजन गरिएको छ ।
गाउँपालिकाको बजेट कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिलगायतका कार्यक्रम समेटिएको छ । प्राङ्गारिक मल कारखाना स्थापना गर्ने, किसानका उत्पादन बजारसम्म पुर्याउन ढुवानीमा अनुदान र मालारानी–८ मा मसला उद्योग स्थापना गर्ने अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो  ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ । पूर्वाधार निर्माणमा रु छ करोड ३० लाख, सामाजिक विकासमा रु सात करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दीर्घरोगी निःशुल्क औषधिको लागि रु २० लाख रकम विनियोजन भएको छ भने नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।
यस्तै गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजना बजेटमा समेटिएका छन् । वडास्तरीय विकासका लागि रु एक करोड ५७ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ रु आठ करोड ५२ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ५८ लाख विनियोजन गरिएको योजना अधिकृत नेत्र खनालले बताउनुभयो । साथै महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रम समावेश गरिएको छ ।
सन्धिखर्कको बजेट एक अर्ब ११ करोड १४ लाख 
यसैगरी सन्धिखर्क नगरपालिकाले आगामी वर्षका लागि रु एक अर्ब ११ करोड १४ लाखको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको  १८ औँ नगरसभा तथा अधिवेशनको उद्घाटन मङ्गलबार नगर प्रमुख एवं सभाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
नगरसभामा उपाध्यक्ष मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत तथा सचिव खिमानन्द भुसाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्य तथा विभिन्न शाखाका कर्मचारीको उपस्थिति रहेको थियो । सभामा नगर प्रमुख श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्व सहमतिले पास गरिएको छ ।
नगर उपप्रमुख आचार्यले बजेट पेस गर्नुभयो । प्रस्तावित बजेटमा पुँजीगततर्फ रु ३२ करोड ३८ लाख ६७ हजार ७२५ र चालुतर्फ रु ५६ करोड ७५ लाख ३२ हजार २२५ विनियोजन गरिएको छ । अन्य रकम सामाजिक सुरक्षामा गरेर रु एक अर्ब ११ करोड १४ लाखको बजेट रहेको छ ।
नगर प्रमुख श्रेष्ठले ‘सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा’ भन्ने अवधारणा कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभएको थियो ।  नगरवासीको जीवनस्तर सुधार र सहज सेवाप्रवाह सुनिश्चित गर्न नागरिक आवश्यकतालाई केन्द्रमा राखेर योजना निर्माण गरिने उहाँको भनाइ थियो ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रममा सामाजिक न्याय, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ । विशेषगरी नगरका तीन प्रमुख धार्मिक तथा पर्यटकीयस्थल सुपादेउराली, नरपानी र अर्घाको पर्यटन प्रवद्र्धनका लागि विशेष पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यस्तै कृषि क्षेत्रको सशक्तीकरणलाई नीति कार्यक्रममा केन्द्रमा राखिएको छ । नगरभित्र व्यावसायिक खेती विकास र रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिइने बताइएको छ । त्यसैगरी हल गोरू पाल्ने किसानलाई प्रोत्साहनस्वरूप विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि नीति कार्यक्रममा उल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य