2026-10-06 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता

2025-06-26
काठमाडौं । दाङको  घरको भान्सा र तरकारीका बोक्रा, पातपतिङ्गरको प्रयोग गरेर गड्यौला मल बनाउन सिकाइएको छ । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीस्थित डाँफे पशुपालन समूहकी कोषाध्यक्ष फूलमानी चौधरीले गड्यौला मलका बारेमा सुने पनि खासै जानकारी नभएको बताउनुभयो ।
उहाँले तालिम लिएपछि गड्यौला मल बनाउने तरिका सिकेको र अब मल बनाएर तरकारी बारीमा प्रयोग गर्ने बताउनुभयो । गड्यौला मल प्रयोग गरेर तरकारीखेती गर्ने र जैविक तरकारी फलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घोराही–२ सुकेडाँगीस्थित जलजला महिला कृषि समूहकी कोषाध्यक्ष सन्तोषी चौधरीले तालिमपछि गल्ने फोहर व्यवस्थापनबाट हुने फाइदाबारे जानकारी लिन पाएको बताउनुभयो । फोहर व्यवस्थापन पनि हुने र मल प्रयोग गर्न पाइने भएकाले तालिम उपलब्धिमूलक भएको उहाँले बताउनुभयो ।
स्वच्छ सफा नेपालका प्रशिक्षक करुणा थापाले गड्यौला मल बनाउने तरिका, यसका फाइदा र गड्यौलालाई बचाइराख्न अपनाउनुपर्ने तरिकाबारे जानकारी गराउनुभयो । गड्यौला मलको प्रयोगबाट तरकारी, फलफूल र अन्नबालीको उत्पादन राम्रो लिन सकिने र माटोको उर्वराशक्ति बढाउन सकिने प्रशिक्षकको भनाइ छ ।
तरकारीको बोक्रा, घाँसपात र सागसब्जी गड्यौलाको खाने वस्तु रहेको तथा सोही खानाबाट गड्यौलाले मल बनाउने उहाँले जानकारी दिनुभयो । गड्यौला मल बनाउँदा नुन, अमिलो, पिरो भएका खानेकुरा, चिल्लो र माछा मासुजन्य वस्तु राख्न नहुने उहाँले बताउनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले जलवायु परिवर्तनका कारण धेरै खालका असर सिर्जना भइरहेको भन्दै पर्यावरण स्वच्छ राख्न नागरिकले आफ्नो आनीबानी र व्यवहारलाई परिवर्तन गर्दै स्वस्थ बनाउने काममा खटिन आग्रह गनुभयो ।
उहाँले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो  । स्वच्छ वातावरण राख्न घर परिवारबाट सुरुआत गर्नुपर्ने र स्वच्छ सफा राख्नका लागि गड्यौला मल बनाउन सिकाएर फोहर व्यवस्थापना गर्न सिकाएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले घरभित्र र बाहिरको फोहर व्यवस्थापन महत्वपूर्ण हुने भन्दै वातावरणमा स्वच्छ राख्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार जैविक विविधता संरक्षण गर्दै वातावरण स्वच्छ बनाउन गड्यौला मल बनाउने तालिमसँगै यसको प्रयोगबारे महिलालाई तालिम दिइएको हो ।
स्वच्छ सफा नेपालको आयोजना, मुक्तकमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्सनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजनाअन्तर्गत दाङको घोराहीमा दुई दिने गड्यौला मल बनाउने तालिम दिइएको हो । कृषक समूह, पशुपालन समूहका महिला सहभागी तालिममा गड्यौला मल बनाउन र यसको प्रयोगबारे प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा घोराहीभित्रका २, ४, ८ र १२ वडाका पशुपालक समूह, कृषक महिला समूहका २७ महिलाको सहभागिता थियो । तालिमपछि सहभागीलाई गड्यौला मल बनाउने, गमला र साढे एक किलो गड्यौला बीउपुँजीका रुपमा हस्तान्तरण गरिएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो