२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घट्यो, कारोबार भने बढ्यो

१२ असार २०८२, बिहीबार १६:११

काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा झरेको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेको थियो। सोमबार भने ४.७८ अंकले बढेको थियो।

 

आज कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ यसदिन ३०६ स्क्रिप्सको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब ९४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ग्रीन डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ९.१८ प्रतिशतले बढ्यो। सप्तकोशी डेभलपमेन्टको ९ प्रतिशतले बढ्दा बरुण हाइड्रोपावरको ८.९३ र पिपुल्स हाइड्रोपावरको सेयर ७.१४ प्रतिशतले बढ्यो।

रिलायबल समृद्धि योजनाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.३० प्रतिशतले घट्यो।

६२ करोड मूल्य बराबरको सेयर कारोबार गरी बुटवल पावर शीर्षस्थानमा रह्यो। यसैगरी राधी विद्युतको ३९ करोड मूल्यको सेयर कारोबार हुँदा नगदी ग्रुपको ३२ करोड,सिंगटी हाइड्रोपावरको ३१ करोड र बरुण हाइड्रोपावरको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९३ स्टक्सको मूल्य बढ्दा १५५ वटाको घट्यो। चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,माइक्रोफाइनान्स र म्युचुल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य