२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घट्यो, कारोबार भने बढ्यो

२०८२, १२ असार बिहीबार १६:११

काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा झरेको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेको थियो। सोमबार भने ४.७८ अंकले बढेको थियो।

 

आज कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ यसदिन ३०६ स्क्रिप्सको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब ९४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ग्रीन डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ९.१८ प्रतिशतले बढ्यो। सप्तकोशी डेभलपमेन्टको ९ प्रतिशतले बढ्दा बरुण हाइड्रोपावरको ८.९३ र पिपुल्स हाइड्रोपावरको सेयर ७.१४ प्रतिशतले बढ्यो।

रिलायबल समृद्धि योजनाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.३० प्रतिशतले घट्यो।

६२ करोड मूल्य बराबरको सेयर कारोबार गरी बुटवल पावर शीर्षस्थानमा रह्यो। यसैगरी राधी विद्युतको ३९ करोड मूल्यको सेयर कारोबार हुँदा नगदी ग्रुपको ३२ करोड,सिंगटी हाइड्रोपावरको ३१ करोड र बरुण हाइड्रोपावरको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९३ स्टक्सको मूल्य बढ्दा १५५ वटाको घट्यो। चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,माइक्रोफाइनान्स र म्युचुल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे