२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२ दिनमा ६ अर्ब रुपैयाँले घट्यो बैंकिङ प्रणालीको निक्षेप

१२ असार २०८२, बिहीबार १७:५०

काठमाडौँ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार ८ र ९ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीको कुल निक्षेप ६ अर्ब रुपैयाँले घटेको छ।

असार ७ गतेसम्म बैंकिङ प्रणालीमा कुल ७० खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा, असार ९ गतेसम्म घटेर ७० खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि समान रूपमा ६ अर्बले घटेर ६२ खर्ब ८० अर्ब रुपैयाँमा सीमित भएको छ।

निक्षेपमा गिरावट देखिए पनि सो अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ। असार ८ गतेसम्म बैंकिङ प्रणालीबाट ५५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो, जुन असार ९ मा बढेर ५५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।

यस्तै, वाणिज्य बैंकहरूबाट असार ८ मा ४९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएको थियो, जुन असार ९ मा एक अर्बले बढेर ४९ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहँदा, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.२७ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य