२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रोजगारीका लागि प्रविधिमैत्री जनशक्ति आवश्यक’

२०८२, १३ असार शुक्रबार १५:५५

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादनमा जोड दिनुभएको हो ।

मन्त्री भण्डारीले श्रम क्षेत्रको अध्ययनको आवश्यकता औँल्याउँदै विश्वविद्यालयहरुसँगको सहकार्यमा ‘डिप्लोमा इन लेबर स्टडिज कोर्ष’ सञ्चालन गर्ने तयारीबारे समेत जानकारी दिनुभयो ।

श्रम मन्त्रालयले दिने सबै सेवाहरु एकीकृत रुपमा प्रवाह गर्नका लागि सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सूचना प्रवाह भइरहेको उहाँले बताउनुभयो । उहाँले सूचनाको अभावमा रोजगारीका लागि उपलब्ध भएका अवसर सदुपयोग हुन नसकेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले श्रम र आप्रवासनको क्षेत्रलाई सर्वसुलभ बनाउन स्विटजरल्यान्ड सरकार र स्विस कन्ट्याक्टको भूमिका महत्वपूर्ण रहेको भन्दै चर्चा गर्नुभयो । उहाँले नेपालमा पहिलोपटक राष्ट्रिय आप्रवासन नीति टुङ्गिने अवस्थामा पुगेको जानकारी गराउँदै छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वाससमेत व्यक्त गरे ।

सोही अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक सम्झदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले तालिम र सीपको तादाम्यता, आवश्यकता र तालिमबीचको तादाम्यतासँगै तालिमको सबैलाई पहुँच र अवसर व्यवस्थापनका लागि यो त्रिपक्षीय सम्झदारीले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । तीनै संस्थाले एकअर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पु¥याउने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता