२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीमसेन थापा पुरस्कार कूटनीतिज्ञ डा थापालाई

२०८२, १५ असार आईतवार १२:०१

काठमाडौँ | राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले मुलुकको आर्थिक तथा कूटनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने डा भेषबहादुर थापालाई यस वर्ष पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको वैठकले सर्वसम्मतिसहित कूटनीतिज्ञ एवं अर्थविद् डा थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी साउन ९ गते भीमसेन थापाको २५१औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा एक विशेष समारोहकाबीच डा थापालाई सम्मान तथा पुरस्कृत गर्नुहुने कार्यक्रम छ । पुरस्करको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष डा तिमिल्सिनाले जानकारी दिनुभयो ।

सो प्रतिष्ठानले करिब तीन दशकदेखि राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा उहाँको जन्मजयन्तीका दिन इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।

प्रतिष्ठानले गत वर्ष चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई सो पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता