२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी

१५ असार २०८२, आईतवार १२:१५

काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

‘धान बालीमा सघनता खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा आज राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मा मन्तव्य राख्दै उहाँले स्रोत र साधनको सीमितताका बावजुद किसानका लागि राज्यले उचित ध्यान दिएर काम गर्ने बताउनुभएको हो ।

“असारमा हिलोमा टेक्नै पर्ने संस्कार हो, जबसम्म हामी उत्पादनमा जोड दिदैनौँ, तबसम्म देश समृद्धिमा जाँदैन, चैते धानको जस्तो मिठो धानको चामल जस्तो स्वादिलो अरु हुँदैन, मैले उत्पादन गर्ने घैया धान र जुम्लाको मार्सी चामलको स्वाद उस्तै हो, हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानलाई अगाडि बढाउन नेपाल सरकारले प्रतिबद्धता जनाउने मात्रै होइन, आवश्यक काम पनि गर्छ”, उहाँले भन्नुभयो ।

उहाँले आगामी वर्ष धान दिवस मनाउँदा उत्पादन वृद्धि भएको हुनेछ भन्दै किसानले व्यक्त गरेका विचारलाई आत्मसात गर्दै आगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । “धानमा आत्मनिर्भर हुनका लागि राज्यले गर्नुपर्ने कुराको समस्या समाधानका लागि हामीले व्यवस्थापन गरेका छौँ, मलका कारणले रोपाइँ गर्न नसक्ने अवस्थाको अन्त्य हुन्छ”, उहाँले भन्नुभयो ।

सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापाले देशका किसानलाई सबल बनाउँदै देशलाई खाद्यमा आत्मनिर्भर बनाउन संसद्को समितिमा नीतिगत छलफल चलाएर आवश्यक व्यवस्थाका लागि सरकारलाई आवश्यक निर्देश गर्ने बताउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले नेपालको कृषि क्षेत्रमा किसानले प¥ुयाएको योगदानलाई सम्मान गर्दै धान उत्पादन, खपत र निर्यातमा योगदान गर्दै आयातलाई प्रतिस्थापन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले जारी गरेको भूउपयोग नीतिका कारण उत्पादनयोग्य खेतीयोग्य जमिन पनि आवासीय जमिनमा रुपान्तरण हुँदा केही समस्या आएको भन्दै यसलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिनाले धान मानिसको जीवन पद्धति र संस्कारको एक अभिन्न अङ्ग भएको भन्दै जलवायु परिवर्तनको समस्यालाई समाधान गर्दै विभिन्न जातका धानको विकास गर्दै गएको बताउनुभयो । उहाँले मानिसको रुचि र जनसङ्ख्याको वृद्धिअनुसार मागको श्रृङ्खलामा परिवर्तन हुने हुँदा आयात र निर्यातमा परिवर्तन भइरहने भन्दै सन् २०३० सम्म नेपाललाई धानमा आत्मनिर्भर बनाउने तयारी रहेको बताउनुभयो ।

राष्ट्रपतिबाट यसवर्षको राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित किसान दयाराम मरामचीले औपचारिकततमा सीमित हुँदै आएको दिवस र कार्यक्रममा परिवर्तन गर्दै किसानमैत्री नीतिगत व्यवस्था, कार्यक्रमका साथै खाद्य आत्मनिर्भरता बढाउन जोड दिनुपर्ने धारणा राख्नुभयो ।

धान, चामलमा आत्मनिर्भरताको विषयमा कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले विश्वमा धेरै धान उत्पादन गर्ने दश देशहरु एशियामा नै रहेको बताउनुभयो । उहाँले पछिल्लो समय धान उत्पादनमा नेपालको आत्मनिर्भरता घट्दै गएको बताउनुभयो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले रोपाइँ उद्देश्यमाथि प्रकाश पार्दै किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले विसं २०६१ देखि मुलुकभरि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइदै आइरहेको जानकारी गराउनुभयो ।

देशको प्रमुख खाद्यान्नबाली धानको खाद्यसुरक्षामा मुख्य भूमिका रहेको छ । पौष्टिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको सन्दर्भमा धानको जातीय विकास र खेती प्रविधिमा भएको परिवर्तन तथा धान बालीमा आएको आधुनिकताले गर्दा धान बालीको क्षेत्रफल र उत्पादनमा खासै कमी आएको छैन ।

मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित असार १५ लाई उत्सवको रुपमा परम्परादेखि नै मनाउने चलन छ । नेपालमा बर्खे धान र चैते धान गरी दुई थरीको धानखेती हुने गरेको भए पनि कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये करिब सात प्रतिशत जमिनमा मात्र चैते धानको खेती हुने गरेको छ । त्यसकारण सम्भाव्य सिञ्चित क्षेत्रमा चैते धान खेतीको क्षेत्र विस्तारमार्फत धान खेतीमा सघनता ल्याई नेपाललाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षालाई सुदृढ गर्न सकिने सम्भावना प्रबल रहेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान