2026-10-06 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

2025-06-30

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ । यस्तै न्यायपरिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरेको हो । समितिले आइतबार सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरेको थियो ।

प्रस्तावित न्यायाधीश पदका तीन सदस्य र न्याय परिषद्को प्रस्तावित एक सदस्यसहित चारै जनाको सुनवाइ सम्पन्न भएको र निर्णयभने अर्को बैठकबाट हुने समितिका सहसचवि निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिनुभयो ।

सुनुवाइ क्रममा प्रस्तावित न्यायाधीशहरूले योग्यता, क्षमता, रुची, सोच र अवधारणा प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले संविधान, कानुनको सीमाभित्र रहेर निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै न्याय परिषद्का सदस्यले आफ्नो योग्यता, कार्यक्षमता, सोच र अवधारणा प्रस्तुत गर्दै संविधान र कानुनको सीमाभित्र रहेर न्यायसम्पादन गरिने विश्वास व्यक्त गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो